Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कारागारबाट फरार भएका टिकेलाई गोली लाग्यो

admin

डिल्लीबजार कारागारबाट केहि दिन अगाडि फरार भएका कैदी टिकाबहादुर थापा “टिके”लाई प्रहरीले गोली हानेको छ । प्रहरीको गोली उनको हात र तिघ्रामा लागेको चितवन प्रहरी प्रमुख दिपक थापाले बताएका छन ।

माघ ४ गते डिल्लीबजार कारागारबाट भागेका उनि चोरी, लुटपाट र डकैत सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका थिए। थापा र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा चढेर आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर गरेका थिए । थापा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको