Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

कारागारबाट फरार भएका टिकेलाई गोली लाग्यो

admin

डिल्लीबजार कारागारबाट केहि दिन अगाडि फरार भएका कैदी टिकाबहादुर थापा “टिके”लाई प्रहरीले गोली हानेको छ । प्रहरीको गोली उनको हात र तिघ्रामा लागेको चितवन प्रहरी प्रमुख दिपक थापाले बताएका छन ।

माघ ४ गते डिल्लीबजार कारागारबाट भागेका उनि चोरी, लुटपाट र डकैत सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका थिए। थापा र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा चढेर आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर गरेका थिए । थापा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको