ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी बनेका महर्जनको स्वास्थमा समस्या आएर परिक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् । उनले आफ्ना सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए । यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना लागिकन कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *