Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

रवि सुवेदीको कहिले माया उकाली… बोलको गीतको म्युजिक भिडियो छायांकन

admin

गायक रवि सुवेदीको कहिले माया उकाली… बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतमा गीतकार शंकर ज्वालाको शब्द सृजना रहेको छ भने संगीत सुरेन्द्र श्रेष्ठको रहेको छ । आर्टिष्ट नेपालको प्रडक्सन रहेको भिडियोको माधव बेल्वासे सम्पादनमा रहनेछन ।

युवा निर्देशक नव ढुंगेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । सन्दीप भुजेलको नृत्य निर्देशन रहेको भिडियोमा स्वयं गायक रवि सुवेदी, मोडल सुजाता आचार्य तथा रंजित पौडलेको अभिनय रहेको छ । म्युजिक भिडियो छिट्टै बजारमा आउने गायक सुवेदीले जानकारी दिए । गायक सुवेदी एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय छन् । उनले २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । अमेरिकामा आफ्नो व्यापारमा व्यस्त रहेर पनि वर्षमा कम्तिमा २ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन् । यो पटकको नेपाल बसाईमा २ वटा म्यूजिक भिडियोको छायांकन तथा आधा दर्जन गीतहरुमा स्वर दिन भ्याएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको