Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

चौकीदार हत्या आंशकामा ३ जना पक्राउ

admin

काठमाडौको मच्छिन्द्रबहालमा गएराति भएको चौकीदारको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको परिचय भने खुलाएका छैन ।  हत्या गरिएका सुरक्षागार्ड मावापौवा–२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङसँगै कार्यरत् अन्य तीन जना सुरक्षागार्डहरुलाई घटनाको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मृतक तामाङसँगै कार्यरत् एक जना सुरक्षागार्डसँग केही दिन अघि उनको विवाद भएको थियो । ती अधिकारीका अनुसार घटनास्थलको छेउमा स्टीलको रड भेटिएको छ । र, त्यसैको प्रहारबाट तामाङको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलाई फेला पारिएको थियो । र, ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार उनको टाउको र हिपमा गहिरो चोट लागेको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको