Logo
28 Mar 2024    १५ चैत्र २०८०, बिहीबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

५ लाख ४० हजार रुपैयाँको प्याज बिक्री

admin

बजारमा कृतिम अभाव सिर्जना गरि कालोबजार गर्ने व्यापारीबाट जफत गरेको प्याज अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेचिरहेको छ ।

कम्पनीले पछिल्लो तीन दिनमा ९ हजार किलो प्याज ६० रुपैयाँ प्रतिकेजीका दरमा बेचेको हो । खाद्यले जफत गरिएकाे प्याजबाट ५ लाख ४० हजार रुपैयाँ कमाइ गरेकाे छ । नजिकिदै गरेको दसैँलाई लक्षित गरेर १ सय ५० देखि २ सय रुपैयाँसम्ममा विक्रेताले प्याज बेच्न थालेपछि अनुगमन टोलीले प्यास जफत गरेको थियो ।

महँगोमा प्याज किनिरहेका ग्राहकले सस्तोमा प्याज पाउने भएपछि कम्पनी तथा विभिन्न बिक्रीकक्षमा लाइन लागेरै भए पनि प्याज किनेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले सस्तोमा प्याज बेच्न सुरु भएपछि ग्राहक अत्याधिक बढेको बताए ।

उनले अनुगमनबाट जफत गरिएका करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको प्याज बिक्री गरिसकेको बताए । अझै ५ हजार किलो प्याज बेच्न बाँकी रहेको उनकाे भनाइ छ । उनका अनुसार खाद्यले बजार अनुगमनबाट कालोबजारी गर्नेहरूको १४ हजार किलो प्याज जफत गरेको थियो । खाद्यले प्याजको अभाव नहास् भन्ने हेतुले प्रतिव्यक्ति ३ केजीका दरमा प्याज बेच्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको