Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

थप १५५९ जनामा कोरोना पुष्टि, १०५७ डिस्चार्ज; ७ को मृत्यु

admin

बुधबार देशभर एक हजार ५५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५५९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।

हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। गत २४ घण्टामा १२ हजार २०५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको