Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

admin

भारत यू–१९ विश्वकपको फाइनलमा पाकिस्तानमाथि २०३ रनको शानदार जित हात पार्दै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २७२ रन बनायो । जवाफमा मैदान उत्रिएको पाकिस्तान मात्र ६९ रनमा अलआउट भयो । १० रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तानले ठूलो साझेदारी गर्नै सकेन । उसका लागि रोहल नजिरले बनाएको १८ रन बनाए भने साद खानले १५ र मोहम्मद मुसाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा इशान पोरलले १७ रन दिएर ४ विकेट लिए भने शिव सिंह र रियान परागले समान २–२ विकेट हात पारे । कप्तान पृथ्वी शाह र मञ्जोत कालराले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरे । साह ४१ रनमा आउट भए ।सातौं विकेटका लागि अंकुल रोयले गिलसँग ७७ रनको साझेदारी गरे । रोय ३३ रनमा आउट भए भने गिल १०२ रनमा अविजित रहे । अब भारतले उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको