कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

 कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था गम्भीर बनेको छ। अमेरिकी न्युज च्यानल सीएनएनसले स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ट्रम्पको स्वास्थ्य अवस्थामा समस्या देखिएको हो।

ट्रम्पको स्वास्थ्यमा सुधारका लागि अबको ४८ घण्टा निकै महत्वपूर्ण मानिएको छ। यद्यपी शनिबार विहानै ट्रम्पको उपचारमा संलग्न डा. सीन कनले राष्ट्रपतिले स्वस्थ महशुश गरेको बताएका थिए।

ट्रम्प र उनकी श्रीमती मेलानियालाई दुई दिन पहिला कोरोना पोजेटिभ देखिएको थियो। यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४९ लाख ८ हजार ६८७ पुगेको छ। हालसम्म २ करोड ५९ लाख ८९ हजार ७५९ जना निको भएका छन् भने ७९ लाख ३६ हजार ९३८ जना संक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट १० लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *