Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

सौगात निर्देशित दोश्रो चलचित्र “हैरान”को प्रर्दशन मिति जेष्ठ ४ मा

admin

विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल सौगात बिष्टले निर्देशन गरेको दोश्रो फिल्म ‘हैरान’को प्रदर्शन मिति तय भएको छ । लामो समयसम्म प्रदर्शनको मिति तय नभएर हैरान खेपेको चलचित्र हैरान अव विना हैरानी २०७५ को जेष्ठ ४ मा रिलिज हुने भएको छ । चलचित्रलाई काठमाण्डौ उपत्यकामा माधव वाग्लेको पपकर्न पिक्चर्सले र उपत्यका बाहिर मनोज राठीले वितरण गर्ने छन् ।


कार्यकारी निर्माता सम्झना पोख्रेल रहेको गजित बिष्ट, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, बुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाको लगानी रहेको छ । कथा तथा कोरियोग्राफी गम्भिर बिस्टको छ भने द्वन्द चन्द्र पन्तको रहेको छ । नवराज उप्रेती र निरज कडेलले खिचेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका छन् । चलचित्रलाई कमेडी धारमा निर्माण गरिएकोले चलचित्र हेरुनजेल दर्शकले स्वस्थ मनोरन्जन लिने जानकारी नायक गजित विष्टले दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको