Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

भोली खग्रास चन्द्रग्रहण ,के गर्न हुन्छ के हुदैन…….

admin

माघ शुक्ल पूर्णिमाका दिन अर्थात यही माघ १७ गते बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छु, उनले भने ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्छन् । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ुबेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छु, उनले भने ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।

स्वस्थानीको उद्यापन बिहानै

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने प्रा डा गौतमले बताए । आठ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ । मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको