Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

सामुहिक बलात्कारमा संलग्न युवती फरार ,किन भागिन् युवती  ?

admin

दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कारमा संलग्न युवती फरार भएकी छिन् । माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि सामुहिक बलात्कार भएको मौखिक जाहेरीपछि दरबारमार्ग प्रहरीले यसबारे अनुसन्धान गरेको थियो ।

युवतीको बयानका आधारमा पक्राउ परेका शैलेश कार्की र युवतीबीच महानगरीय प्रहरी बृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालयबाहिर कागज बनाएर मिलापत्र गराइदिएको प्रहरी स्रोतको भनाई छ । यसरी इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन गरेको छ ।

सोमबार साँझ छानविन समिति बनेपछि एकपटक मात्र प्रहरीसँगको टेलिफोन सम्पर्कमा आएकी ती युवती अहिले सम्पर्कविहिन भएको काठमाडौं प्रहरी प्रमुख  रबिन्द्र धानुकले जानकारी दिए । छानविन समितिमा संलग्न एक डिएसपीका अनुसार बलात्कृत भनिएकी युवती काठमाडौं बाहिर गएकी छिन् । महानगरीय अपराध महाशाखाले ती युवतीको खोजी गरिरहेको बताइएको छ ।

किन भागिन् युवती  ?
प्रहरी प्रधान कार्यालयले घट्नामा संलग्न दरबारमार्ग वृत्तको मुद्धा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरेको छ । छानबिन समितिले दरबारमार्ग वृत्तका इन्चार्ज डिएसपी तिलक भारती र मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार माघ ७ गते राति ल्याण्डमार्क होटलमा घट्ना घटेपछि प्रहरीले युवतीकै सहयोगमा उनका ब्वाईफ्रेन्ड शैलेश कार्कीलाई बोलाएका थिए ।

शैलेशकी आमाले ती युवतीलाई ‘बुहारी बनाउँछु’ भनेपछि दुवै पक्षका परिवारबीच जाहेरी नदिने बरु विवाह गरिदिने सहमति भएको थियो । त्यसबीचमा युवतीले परिवारका सदस्यलाई जाहेरी दिनबाट रोक्नका लागी शैलेससँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ धम्की दिएकी थिइन् ।

त्यतिन्जेल सामुहिक बलात्कारमा संलग्न अन्य तीन जनालाई नियन्त्रणमा लिनेतिर प्रहरीको ध्यानै गएन । युवतीले ‘आत्महत्या गर्न सक्ने’ डर देखाएर इन्सपेक्टर ठकुरीले कार्यालय प्रमुख डिएसपी भारतीलाई मुद्धा नचलाउन आग्रह गरेको दरबारमार्ग वृत्तमा कार्यरत एक जुनियर अधिकृतले जानकारी दिएका छन् । ठकुरीको आग्रहपछि डिएसपी भारतीले चार पटकसम्म ‘पछि केही समस्या त आउँदैन नि रु’ भन्दै प्रश्न गरे । त्यस्तोमा मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारी र इन्सपेक्टर ठकुरीले जाहेरीनै नभएपछि कसरी समस्या आउँछ भन्दै कन्भिस गरेका थिए ।

‘त्यसपछि ठकुरी आर्थिक बार्गेनिङ गर्न र कागज नबनाई नहुने भन्दै ललितपुरस्थित युवतीको कोठामै पुगेका थिए’ ती जुनियर अधिकृतले भने, ‘युवतीको ब्वाईफ्रेण्डलाई समेत बोलाएर इन्सपेक्टरले झम्सीखेलमै कागज गरेका थिए, तर त्यो काजग अफिसियल थिएन् ।’

ब्वाईफ्रेन्ड शैलेश कार्की र अन्य तीनजना युवासँग पनि आर्थिक लाभ लिएर युवतीले जाहेरी नदिएको हुनाले छानविन हुँदा आफैं फस्ने डरले युवती भागेको हुनसक्ने प्रहरी स्रोतको भनाई छ । सामुहिक बलात्कारमा संलग्न विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठ निर्माण ब्यावसायी हुन् । उनीहरुलाई इन्सपेक्टर ठकुरीले तर्साएर युवतीलाई पनि मोटो रकम दिलाइदिएको र आफुले पनि आर्थिक लाभ लिएको दरबारमार्ग वृत्तका एक अधिकृतले जानकारी दिए ।

फेसबुकमार्फत चिनजान भएकी युवतीलाई कमलादीको ल्याण्डमार्क होटलमा बोलाएका शैलेश कार्कीले चारवटा कोठा लिएका थिए । ल्याण्डमार्क होटलमा एउटा कोठाको एकरातको मूल्य पाँचहजार पर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको