Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ हुँदै १४ सय घरभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालकाे हत्या प्रतिनिधिसभा बैठक बस्दै

सडक निर्माणमा एसएसबीको अवरोध

admin

१७ माघ, धनगढी । कञ्चनपुरको बेलौरीमा नेेपाली भूमिमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । बेलौरी नगरपालिकाले वडा नम्बर १० सरघाट क्षेत्रमा सडक विस्तार थालेको थियो । पुरानो सडकलाईर् नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएको छ । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको मेयर पोतिलाल चौधरीले जानकारी दिए ।  ६५ वर्षीय कृष्णप्रसाद शर्माले लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा एसएसबीले रोकेको बताए । नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय पल्लव भट्टले बताए । एसएसबीले भोराकोट क्षेत्रमा पनि करिव १०० मिटर सडक विस्तारमा अवरोध गरेको छ ।

मेयर चौधरीले भने, ‘सीमा पिल्लर भन्दा १०० मिटर परै सडक विस्तार गर्न खोजिएको हो । तर, भारतीय पक्षले अवरोध गर्दा काम हुन सकेको छैन ।’ नगरपालिकाले सीमा सर्वे टोलीदेखि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइसकेको छ । भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले विवाद सामान्य भएको बताए । दशगजा मिचेर सडक बनाउन थालेपछि अवरोध गरेको स्विकार गरे । भारतीय पक्षले सीमा विवाद समाधान भएपछि मात्र सडक विस्तार गर्न दिने बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको