Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालीहरुको अमेरिकी जाने सपना सपनै रहन सक्ने, ट्रम्पको नयां नीतिले पर्न सक्छ असर

admin

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर नेपालीलाई पर्ने भएको छ ।

ट्रम्पले हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा गरेका छन् । यस्तै डीभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजाने नीतिलाई पनि कडाई गर्ने बताएका छन् । अब श्रीमानरश्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।

पछिल्ला वर्षहरुमा ईडीभी भिसा प्राप्त गर्ने देशहरुको सूचीमा नेपाली पहिलो स्थानमा रहँदै आएका थिए । हरेक वर्ष ५० हजारलाई डीभी पर्ने गरेकामा नेपालीको संख्या औसतमा वार्षिक ४ हजार हाराहारी रहँदै आएको छ ।

सन् २०१२ देखि १७ को पाँच वर्षे अवधिमा १६ हजार ७ सय ५५ जना नेपाली डीभी भिसामार्फत् अमेरिका गएको अमेरिकी सरकारको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा मात्र ३ हजार ४ सय नेपाली यो भिसा प्राप्त गरी अमेरिका गएका छन् । यतिबेला सन् २०१९ को डीभी भिसा आवेदन गरी हजारौं नेपालीहरु नतिजाको पखाईमा छन् । ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसमा डीभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेको छ । यो विधेयक पारित भएमा अब डीभी भिसा आवेदन सधैंका लागि बन्द हुनेछ ।

यसले बिना कुनै विशेष सीप चिठ्ठाका आधारमा अमेरिकी भिसा, ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको ‘अमेरिकी सपना’मा पूर्णविराम लाग्ने छ । ट्रम्पले सुरुदेखि नै चिठ्ठाका आधारमा विदेशीलाई अमेरिका भित्राउने नीतिको बिरोध गरिरहेका थिए । उनले डीभी परेर आउनेहरुलाई रद्दीको टोकरीमा फालिएका भन्दै आलोचना गरेका थिए । डीभी परेका आप्रवासीहरु पछिल्ला आतंककारी घटनामा संलग्न भएको देखिएपछि ट्रम्प प्रशासनलाई यो प्रणाली रद्द गर्न थप बल मिलेको छ ।

ट्रम्प प्रशासनको नीतिले नयाँ आवेदकलाई मात्र होइन, अमेरिकामा ग्रिनकार्ड र नागरिकतासमेत प्राप्त गरिसकेका नेपालीलाई पनि असर गर्ने छ । अब उनीहरुले परिवारका सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजान र स्थायी बसोबासको व्यवस्था मिलाउन असमर्थ हुनेछन् ।
: अनलाईनखवर


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको