
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिएकी छन् । यसै क्रममा अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितका बारेमा छलफल भइरहको बताइएको छ । स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न ११.४५ मा शितल निवास प्रस्थान गर्नेछिन् । शितल निवासबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् । सुष्मा स्वराज दिउसो सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
लोकप्रिय समाचार