Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

दसैंमा अत्यावश्यकवाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह

admin

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकवाहेका घर बाहिर ननिस्कन आग्रह गरेको छ। 

पछिल्लो समय कोरोनाको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा धेरै चहलपहल हुने भएकाले महामारी झनै फैलने भन्दै सचेत रहन अनुरोध गरेको हो।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा बसेर पर्व मनाउन आग्रह गरिएको छ। प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

साथै, चाडपर्वमा महामारी नफैलियोस् भन्नको लागि भदौं ३१ गते जिल्ला प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको