Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

प्रहरी हत्या प्रकरणमा संलग्न तस्कर समूहका सात जना अभियुक्त सार्वजनिक

admin

कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर रावलको हत्यामा संलग्न सातजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।पक्राऊ पर्नेहरु सबै धनगढी उपमहानगरपालिकाका छन् । प्रहरीका अनुसार घटनामा संलग्न ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २७ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षका रामगोपाल राना छन् । प्रहरीले भारततर्फ सामान तस्करी गर्न लाग्दा अवरोध सृजना गरेपछि हत्या गरेको अभियुक्तहरुले स्वीकारेको जनाइएको छ । घटनामा संलग्न रहेका आशंकामा प्रहरीले ठुलो संख्यामा शंकास्पदहरुलाई पक्राऊ गरेको थियो । तीमध्ये उनीहरु पक्राऊ परेका हुन् ।

शनिबार साँझ गस्तीमा गएका असई गोविन्द विक र जवान रामबहादुर रावल दुवै मृत भेटिएपछि उनीहरुको खोजी भएको थियो । विकको शव आइतबार फेला परेको थियो । अभियुक्तहरुको बयानका आधारमा रावलको शव मङ्गलबार फेला परेको थियो । उनको शव मोहना नदीभित्र गाडिएको अवस्थामा बरामद भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको