Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

कपिलवस्तुमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

admin

अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता बिहीबारदेखि शुरु भएको हो ।स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताए । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे । प्रतियोगिताको समापन शनिबार हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको