Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

कपिलवस्तुमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

admin

अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता बिहीबारदेखि शुरु भएको हो ।स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताए । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे । प्रतियोगिताको समापन शनिबार हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको