Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

बन्धक बनाइएकी बालिकाको उद्धार

admin

ललितपुर हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले जानकारी दिए । बारा जिल्ला सिम्रौनगढ १ धर भई हाल महालक्ष्मी नगरपालिका ४ मनकामना चोक बस्ने गुड्डी शाहकी आठ वर्षकी छोरी अनुखा शाह कोठाभन्दा बाहिर खेलिरहेको समयमा साइकल चढेर आएका तीन जनाले साइकलमा राखी अपहरण गरेको थाहा पाएपछि आफूहरुले उद्दार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए ।

अपहरण गरेर शरीर बन्धक गरी राख्ने कार्यमा सम्लग्न हुनेमा सर्लाही जिल्ला हरिवन ८ बासटोल घर भई हाल हरिसिद्धि बस्ने वर्ष ३० का राजु कार्की, काभ्रे जिल्ला नमोबृद्ध ८ बुझाकोट घर भई हरिसिद्धी बस्ने वर्ष २३ की सीता परियार र धनुषा जिल्ला धारापानी गाउँपालिका २ घर भई हाल हरिसिद्धी बस्ने वर्ष ४० का कृष्ण तेलामी छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको