Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

admin

अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो । विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको