Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

बार्सिलोनाको विजयी सुरुवात

admin

लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन शानदार जितबाट गरेको छ। अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको समूह जी मा रहेको बार्सिलोनाले फेरेनक्सारोसी टिसीलाई ५–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २७ औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान लियोनल मेस्सीले गोल गरे।

उनले च्याम्पियन्स लिगको १६ औँ सिजनमा गोल गरेर म्यानचेस्टर युनाइटेडका पूर्व वेङ्गर रायन गिग्सले च्याम्पियन्स लिगका १६ सिजनमा गोल गरी बनाएको कीर्तिमानसँग बराबरी गरे ।

४२ औँ मिनेटमा आन्सु फातीले गोल गरे । ५२ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो ।

८२ औँ मिनेटमा १७ वर्षे किशोर पेद्रो गोन्जालेज लोपेजले बार्सिलोनाका लागि गोल गरे । उनले सिनियर गेममा पहिलो गोल गरेका हुन् । यस्तै ८९ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेपछि बार्सिलोना ५–१ ले विजयी भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको