
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ ।
पीसीआर परीक्षणका क्रममा आज उनकी धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको बास्कोटाले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे।

लोकप्रिय समाचार