आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ ।
घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ ।
घटस्थापनाको दिन विधि पूर्वक पूजा गरिएको दशैँघरमा आजको दिनलाई शुभसाइत मानेर उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल भित्र्याउने गरिन्छ ।
आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ ।
काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ ।
गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ ।
लोकप्रिय समाचार