Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

admin

काठमाडौं, कार्तिक ७ । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ ।

कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा कपन निवासी ७ वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्न सफल हुनुभएको छ भने १८ वर्षीय बसुन्धरा निवासी पद्मजा कार्की टीन्सतर्फ विजेता हुनुभएको छ । यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी पाँच वर्षीय बालक दिवम रखेचा विजेता हुनुभएको छ ।

किड्समा बिर्तामोड निवासी ९ वर्षीय प्रलाक्षा कार्की र टीन्सतर्फ काठमाडौं बुढानिलकण्ठ निवासी १३ वर्षीय सोनी लामा तमाङ विजेता हुनुभएको छ । सो नृत्य र गायन प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट १६० जना ४ देखि १९ वर्षका बालबालिकाले भाग लिएका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट ५०, ३०, २० र पाँच गर्दै टप थ्री राउण्ड फइनल नतिजा सार्वजनिक गरिएको थियो । प्रतियोगीतमा प्रि किड्स, किड्स र टीन्स समुहमा बालबलिकालाई विभाजन गरिएको थियो । हरेक राउण्डमा प्रतियोगिले आफ्नो नृत्य र गायनको भिडियो पठाई सहभागिता जनाउनुपर्ने थियो ।

प्रतियोगितामा नृत्यतर्फ डीआइडी सिजन-६ र डान्स प्लसका अन्तिम प्रतिस्प्रर्धी सुजन मार्फा तामाङ अफिसयल निर्णयक हुनुहुन्थ्यो भने गायनतर्फ अफिसयल निर्णयकका रूपमा ध्रमेन्द्र सेवान रहनुभएको थियो । गायनतर्फ किड्समा अर्नभ बन फष्ट रनरअप र आशनेया विनाड़ी सेकेण्ड रनरअप, टिन्समा विक्रम वस्नेत फष्ट रनरअप, प्रियांकुस गौतम सकेण्ड रनरअप भए भने नृत्यतर्फ प्रि किड्समा सिया जोसी फष्ट रनरअप, दृष्टि धिमाल सकेण्ड रनरअप, किडसमा कृश तामाङ फष्ट रनरअप, सक्षी सहानी सकेण्ड रनरअप हुन सफल भएको छ । यस्तै टिन्समा ओम राजवंशी फष्ट रनरअप, अपूर्भ कर्मचार्य सकेण्ड रनरअप हुनुभएको छ ।

कार्यक्रममा प्रतियोगीको छनोट उत्कृष्ट ५० देखि ५ सम्म निर्णयकले गरेका थिए भने उत्कृष्ट तीन भोटिङको आधारमा गरिएको थियो । भोटिङका लागि प्रतियोगिले देश विदेशदेखि अनलाइन भोटिङको सिस्टम थियो जसमा ग्लोबल अनलाइन पे बाट भोट गर्नुपर्ने थियो । प्रतियोगिताका विजेतालाई तिहार लगतै काठमाडौंमा एक कार्यक्रको आयोजना गरी पुरस्कार वितरण गरिने बताइएको छ । विजेतालाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ट पाँचमा पर्न सफल लाई पनि म्युजिक भिडियोमा अवसर प्रदान गरिने कार्यक्रमका आयोजक कमल निकोन क्षेत्रीले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको