Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं ,त्यहीँ बसेर टिका लगाऔं : डा.डिआर उपाध्याय

admin

नेपालीको प्रमुख चाड दसैँको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दसैँको विशेषता नै हो। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौ. । यति बेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ।
भेटघाट र भीडभाडले कोरोना संक्रमणको दर अझै बढने खतरा छ । दसैँमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका÷ज्येष्ठ नागरिकहरूसमक्ष जानु पर्ने हुन्छ । यसले झन जोखिम बढने खतरा छ । त्यसैले आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं । तपाई हामी सवै आआफ्नै घरभित्र बसेर दसैँ मनाऔं । यो महामारीबाट सुरक्षित हुन सकिए दसैँ त अर्को वर्ष पनि मनाउन सकिन्छ। हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं , त्यहीँ बसेर हाँसी , खुशी दसैँ मनाऔं । अव हरेक नागरिक सचेत हुनु पर्ने बेला आएको छ । अहिले हेलचेक्र्याइँ गर्दा संक्रमणको जोखिम बढ्ने मात्रै होइन, ज्यानै जान पनि सक्छ। त्यसैले आज ‘घरमै बसौँ, आफू र समाज सबैलाई सुरक्षित राखौँ । दसैँमा टीका थाप्न आउने , जाने आफन्त तथा नाताकुटुम्बबाटै संक्रमण फैलने सम्भावना छ । यसरी आफन्तलाई टीका थाप्न नआउनू भन्दा पनि नमज्जा लाग्ने । यो आफै बुझने कुरा हो । आफू, घर ,परिवार, समाज र मुलुकलाई संक्रमणबाट सुरक्षित बनाउने कार्यमा जुटौं । दसैँको यही मंगलमय शुभकामना ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको