Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

विश्वभर २४ घण्टामा २ लाख ५० हजार नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ४ करोड ४० लाख

admin

 विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ। तीमध्ये तीन करोड १० लाख २३ हजार ३३३ जना निको भएका छन् भने हालसम्म ११ लाख ६७ हजारले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजार १६४ जना नयाँ संक्रमित थपिएका छन्।

सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ८९ लाख ७९ हजार ३६० जना संक्रमित भएका छन्। तीमध्ये २ लाख ३१ हजार ३४४ जनाको मृत्यु भएको छ। अमेरिकामा ५८ लाख ४३ हजार ३०३ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाख ७८ हजार ९७२ जना संक्रमित पुगेका छन् । ती मध्ये १ लाख १९ हजार ८७१ जनाको मृत्यु भएको छ भने भारतमा ७२ लाख ४२ हजार ९९५ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५४ लाख १५ हजार ६७१ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख ५७ हजार ५२८ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४८ लाख ६५ हजार ९३० जना निको भएका छन्।

चौथो नम्बरमा रहेको रुसमा १५ लाख ४७ हजार ७७४ जना संक्रमित भएका छन्। रुसमा २६ हजार ५८९ जनाको मृत्यु भएको छ भने ११ लाख ५८ हजार ९४० जना निको भएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको