Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

देशमा चाकरी–चाप्लुसीको राजनीति:डा.डिआर उपाध्याय

admin

मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं । कुनै पनि देश बिकासका लागी सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ , त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुदैन तीे देश बिकासको हिसावमा पछाडी परेका छन । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो , तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी–चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ , जनताको अवस्था उस्तै छ । यत्रो परिवर्तनको के मतलव । जव जनता खुशी र सुखी हुन सकेनन् भने ।

राजनीतिक दल र तीनका नेताहरुले जनता अल्मलाउने काम मात्र गरे । बास्तवमा देशमा जनताको चाहाना अनुसार काम हुन सकेनन् । पुराना दलहरु मात्र होइन, अहिले देखिएका नयाँ दल र तिनका नेताहरुले पनि मुलुक बनाउने विकल्प दिन सकेनन् । अव मुलुकलाई नयाँ भिजन र नयाँ मिसनसहितको राजनीतिक नेतृत्वको खाँचो छ । त्यसो भयो भने मात्र मुलुकको भाग्य र भविश्य निर्माण हुने छ । अव देश निर्माणका लागी मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो छ । अव कुरा मात्र गरेर देश बन्दैन । देश बनाउन सवै एकजुट भएर लाग्नु पर्छ । अर्को कुरा , देश बनाउन भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्नु पर्छ । जव सम्म देशमा भ्रष्टाचार हुन्छ ,त्यस बेला सम्म देशको बिकास र समृद्धि हुन सक्दैन । यो बिषयमा सवै गम्भिर बनौं । भ्रष्टाचार भनेको देशको क्यान्सर हो । यसको समय छदै उपचार गरिएन भने जे पनि हुन सक्छ । अव हामी सवैले मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको