Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ

admin

पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ।

भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्राइमको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापालाई सामाजिक संजालमा गाली गलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएको उजुरीका कारण पक्राउ गरिएको हो।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको