
स्वास्थ्य मन्त्रालयले देशभर कोरोना संक्रमणको स्थिति र संक्रमितहरुको अवस्थाबारे दिँदै आएको दैनिक जानकारी परिवर्तन गरेको छ।
अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र भिडियो ब्रिफिङ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ती दिनमा साविककै ४ बजेर ३० मिनेटबाट ब्रिफिङ सुरु हुनेछ।अन्य दिन त्यसबारेको जानकारी मन्त्रालयको वेवसाइट, भाइवर, फेसबुक, ट्विटर र हाम्रो स्वास्थ्य नामक मोवाइल एपमा सोहि समयमै अपलोड गरिने गौतमले बताए।

लोकप्रिय समाचार