Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा

तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा

admin

नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ ।

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको