Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

admin

कपिलवस्तु र बझाङमा तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । 
    यसैगरी बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खाती लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

दिपकको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको छ । फरार दिपकको प्रहरीले खोजी गरिरहेको छ । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको