Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन राजेन्द्र महतोद्वारा लोसपा परित्याग

गुणस्तरहीन खाद्यान्न वितरण गर्ने संस्थालाई कालोसूचीमा राख्न सरकारलाई निर्देशनात्मक आदेश जारी

admin

सर्वोच्च अदालतले गुणस्तरहीन खाद्यान्न  वितरण गर्ने गैरसरकारी संस्थाहरुलाई कालोसूचीमा राख्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । साथै सर्वोच्चले विपत्ति र संकटको बेलामा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने खाद्यान्न परीक्षण गरेर मात्रै स्वीकार र ग्रहण गर्न समेत सरकारलाई भनेको छ । खाद्य अधिकारको विषय जोडिएको रिटमा न्यायाधीशहरु दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासले ६ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको छ । राष्ट्रिय संकट तथा विपत्तिको अवस्थामा सहयोगका नाममा वितरण हुने खाद्यान्न गुणस्तरहीन भएको र यसले नागरिकको मौलिक अधिकार हनन भएको भन्दै दायर रिट निवेदन माथिको सुनुवाईपछि सर्वोच्चले गुणस्तरहीन, दूषित, सडे गलेको खाद्यान्न अस्वीकार गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको