चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३५ केन्द्रीय नेताको माग

पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसौनीमा नेकपा स्थानीय नेताको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थायी समिति सदस्य मातृका यादवसहित ३५ नेताले विज्ञप्ति जारी गरेका छन् ।

सो विज्ञप्तिमा विन्दवासिनी गाउँपालिकाका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको र हत्या सुनियोजित भएको उल्लेख गरिएको छ ।

‘घटनाको प्रकृति हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवादित थिए । शपथग्रहण हुन मात्र बाँकी थियो । शपथग्रहण हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुको योजनामा अपराधीहरु बाँसको भाटालगायतका हतियारहरु बोकी कार्यक्रम स्थल पुगे’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको झण्डा र ब्यानरहरु च्यात्न थाले क मुकेश चौरसियाले रोक्न खोज्नु भयो । अपराधीहरुले उहाँ लगायत निहत्था कमरेडहरुमाथि आक्रमण गरे । केही कमरेडहरु घाइते भए भने चौरसियाको मृत्यु हुन पुग्यो ।’ विज्ञप्तिमा गाउँलेहरुले प्रतिकार गरेपछि अभियुक्तहरु भागेको उल्लेख गर्दै सो घटना सुनियोजित र हत्या गर्ने उद्देश्यसहित भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *