Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

हरिवनमा बृहत सांस्कृतिक महोत्सव हुने

admin

तामाङ समुदायको महान साँस्कृतिक राष्ट्रिय पर्व २८५४ औं खि.नागी ल्होसोनाम ल्होछारको अबसरमा सर्लाहीको हरिवनमा माघ २५ गते देखि फागुन ५ गते सम्म १० दिने वृहत ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ। नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटी र स्मृति कला केन्द्रको संयुक्त आयोजनामा हरिवनको सुर्तीविकासमा सो कार्यक्रम गर्न लागिएको हो। सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक अभियान,ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ वृहत ल्होछार साँस्कृतिक महोत्सव आयोजना गरी ल्होछार मनाउने भएको हो। कार्यक्रममा मनोरञ्जनको लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु विशाल काल्तान, निशा लामा,अभिनाश थिङ,अनिता गोले पुर्निमा लामा लगायत स्थानीय थुप्रै कलाकारहरुको दैनिक प्रस्तुति रहने छ। पूर्वाञ्चल एकेडेमीका डान्स ग्रुप र दार्जिलिङका नृत्यकारहरुको नृत्य रहनेछ। कार्यक्रममा थप मनोरञ्जनको लागि रोटे पिङ,कोलम्बस डुङ्गा,ड्रागन रेल,डग रेल,घोडा रेस,सर्कस लगायत थुप्रै खेलहरु पनि खेल्न सकिने आयोजकले बताएको छ। कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जोनिस पाख्रीनले जानकारी दिनु भयो। कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गराउन सबैलाई आ-आफ्नो भेष भुषा र मौलिक परम्परा झल्किने पहिरनमा उपस्थित हुन आयोजकले अनुरोध समेत गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको