Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

admin

कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको