युरोपा लिगमा आर्सनलको सहज जीत

युरोपा लिग अन्तर्गत समुह चरणको खेलमा आर्सनलले डुनडाल्कलाई ३–० ले पराजित गरेको छ । समूह बी मा रहेको आर्सनलको यो लगातार दोस्रो जीत हो । आर्सनलका लागि एडी निकेताह, जो विलकले र निकोलास पेपेले एक–एक गोल गरे । जीतसँगै आर्सनल समूह बी को शिर्ष स्थानमा रहेको छ । आर्सनलको २ खेलमा २ जीत सहित ६ अंक रहेको छ ।

युरोपा लिगको अर्को खेलमा टोटनह्याम हटस्पर्स भने रोयल एन्ट्रुपसँग १–० ले पराजित भएको छ । टोटनह्यामका बेन डेभिसको गल्तीको फाइदा उठाउँदै एन्ट्रुपका लियोर राफेलोभले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बिहीबार भएका अन्य खेलहरुमा लेस्टर सिटीले एइके एथेन्सलाई २–१ गोलअन्तरले पराजित गरेको छ, भने होफनहाइमले केएए जेन्टमाथि ४–१ को जीत हात पारेको छ । सेल्टिक र लिलेले २–२ को बराबरी खेल्दा भिल्लेरियाल कारबाकविरुद्ध ३–१ ले विजयी बन्यो । एसी मिलानले स्पार्टा प्रागविरुद्ध ३–० को सहज जित हासिल गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *