Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

अहंकार, आवेग र आक्रोशले कसैको हित गर्दैन : डा.डिआर उपाध्याय

admin

के नेकपा फुटको संघारमा पुगेकै हो त ? सत्तारुढ दल नेकपाभित्र फेरि विवाद सुरु भएको छ । यसले आम नेपाली जनतालाई चिन्तित बनाएको छ । यति खेर मुलुकमा गम्भीर स्वास्थ्य संकट परेको छ । आम नागरिक उपचार नपाएर छटपटाईरहेका छन । यतिबेला नेकपाको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । यो विाद गर्ने बेला होइन । सत्तारुढ दल नेकपा भावनात्मक रुपमा एक भएर अघि बढनु पर्छ । यो अहिलेको आबश्यकता हो । नेकपा बिभाजन हुने हो की भनेर नेता, कार्यकर्ता चिन्तित छन । त्यो अवस्था कुनै हालतमा आउन दिनु हुदैन । यदि नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भिर संकट आउने खतरा छ । साना तिना कुरामा अल्झिएर विवाद बढाउनु उचित छैन । नेकपा बलियो बनेर अघि बढनु पर्छ । आम नागरिकको चाहना यो हो । दुई पाटी मिलेको देखेर नै नागरिकले आम निर्वाचनमा बहुमत दिएका हुन । जनताको यो मतलाई खेलवाड गर्न मिल्दैन । देशको बिकास , समृद्धि र सुशासन कायम गरोस् भनेर जनताले मत दिएका हुन । यो बिषयमा नेकपा गम्भिर हुनु पर्छ ।

यसअघि पनि पाटी विवादले नेकपा झण्डै फुटको संघारमा पुगेको थियो । त्यसबेला नेता , कार्यकर्ताको खवरदारीले पाटी फुटबाट जोगिएको हो । अहिले पनि नेता , कार्यकर्ताबाट खवरदारी हुन जरुरी छ । वैशाखयता नेकपाभित्रको विवाद चरम सीमामा पुगेको यो तेस्रो पटक हो ।पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर नेकपामा विवाद भएको बुझन सकिन्छ । अहंकार, आवेग र आक्रोशले कसैको पनि हित गदैन । यो कुरा नेकपाका शीर्ष नेताले बुझनु पर्छ । फुटले कसैलाई फाइदा गदैन । पाटी बिभाजनको पीडा कस्तो हुन्छ ? बिगतलाई फर्किएर हेर्न जरुरी छ । दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? यो गम्भिर प्रश्न हो । त्यो परिस्थिति आउन नदिन नेता , कार्यकर्ताहरुले देश भरीबाट आवाज उठाउनु पर्छ । पार्टी एकतालाई तोड्नु हुदैन । यो कुनै कोणबाट सही कदम हुन सक्दैन। अव नेकपाका नेता कार्यकर्ताहरुले एकताको रक्षा गर्न‘ आवश्यक छ। पार्टी र सरकारलाई विचार, नीति, विधि र पद्धतिमा चलाउनुका साथै महाधिवेशनको तयारीमा जानुपर्छ। अरू विकल्प छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको