Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

सरकारी अस्पतालमा गरिबको पहुँच पुग्न सकेन:डा.डिआर उपाध्याय

admin

सरकारी अस्पतालमा गरिब मानिसको पहुँच पुग्न सकेन अव जाडो महिना सुरु हुन थाल्यो, त्यसैले होला कोरोना संक्रमित दर पनि बढिरहेको छ । जाडो महिनामा संक्रमण बढि फैलने अनुमान स्वास्थ्य बिज्ञले बताउदै आएका छन । यस्तो अवस्थामा हामी आफैँ सतर्क हुने, भीडभाडमा नजाने, घरबाहिर निस्कनैपरेमा मास्क प्रयोग गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले मिचि मिचि हात धुनेबाहेक हामीसँग अरु कुनै विकल्प छैन । राज्य जनताप्रति गम्भीर र संवेदनशील बन्न सकेन । कोभिड–१९ सँग जुध्नका लागि सर्वसाधरण नागरिकलाई सकस परिरहेको छ । राज्यले केही तयारी गर्न सकेको छैन । आमनागरिकले राज्यलाई बिश्वास गर्ने ठाउँ हराउँदै गएको छ । त्यसो त प्रारम्भिक दिनहरूमा कोरोना संक्रमित हुनेबित्तिकै सम्बन्धित व्यक्तिलाई भर्ना गर्ने, निःशुल्क उपचार गर्ने, संक्रमितको खोजी गर्ने आदि काम सरकारले नगरेको होइन , गरेकै हो । त्यस बेला नागरिकमा राज्यप्रति विश्वास जागेकै हो ।

पछिल्लो समयमा आएर कोरोना संक्रमित दर बढे संगै सरकारले निःशुल्क उपचार गर्न नसकिने भन्दै हात उठाएको छ । राज्यको यो पछिल्लो निर्णयसँगै सामाजिक सञ्जाल, पत्रपत्रिका र सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ । त्यसको मूल कारण भनेको कोभिडका बिरामीले उपचार गर्नका लागि धरौटी राख्नुपर्ने विषय हो । कोरोनाजस्तो महामारीका वेला राज्य नागरिकप्रतिको दायित्वबाट पन्छन मिल्दैन । अझै पनि सरकारी अस्पतालमा गरिब मानिसको पहुँच पुग्न सकेको छैन । त्यसैले गरिब मानिसहरू ऋण काढेर उपचार गराउनका लागि निजी अस्पताल जान बाध्य छन् ।

सरकारी अस्पतालमा कोभिडका बिरामीले भर्ना पाउनै मुस्किल छ । नेताले र पहुँचवालाले मात्र सरकारी अस्पतालमा उपचार गराउन पाउँछन । यस्तो छ अवस्था । सरकारी अस्पतालमा उपचार गराउन पहुँच नभएकै कारण गरिब मानिसहरू निजी अस्पतालमा जान बाध्य भएका छन । निजी अस्पतालमा एकदमै महँगो छ । चर्को शुल्क लिएर उपचार गरिरहेका खासगरी मेडिसिटी, ग्रान्डी, नर्भिक, ह्याम्सजस्ता अस्पतालले यति धेरै चर्को शुल्क लिएका छन् कि त्यसबारेमा राज्यको ध्यान अझै पुग्न सकेको छैन । यो नै नागरिकको गुनासो हो । जब संक्रमण समुदायस्तरमा पुग्यो, सार्वजनिक यातायात खुला गरियो, पसल निर्बाध सञ्चालन हुन थाले । यसले गर्दा संक्रमितको संख्या झनै बढ्न पुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको