Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

फेब्रुरी अर्थात “आयोडिन महिना” मनाउदै साल्ट ट्रेडिङ

admin

काठमाडौं । मानव शरीरलाई आवश्यक पर्ने सूक्ष्म पोषक तत्व मिसाइएको आयोडिनयुक्त नूनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन लागिएको छ । आयोडिनको कमीका कारण मानव शरीरमा देखिने बिकृतिहरुबारे जानकारी दिने र आयोडिनयुक्त नून प्रयोगमा जोड दिने उद्देश्यले नेपालमा पनि सन् १९९८ देखि फ्रेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन थालिएको हो ।

सरकारले लिएको सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घरपरिवारको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य रहेकोमा त्यसभन्दा अगाडि नै लक्ष्य हासिल गर्न सफलता मिलेको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउनुभयो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको