Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

फ्रान्सेली सेनाले गरेको सैन्य कारबाहीमा ५० लडाकू मारिए

admin

पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।

फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् ।

उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् ।

फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेका छन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेका थिए ।

गत अगष्टमा सैनिक बलमा तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएयता माली भ्रमणमा पुगेका रक्षामन्त्री पार्लीले जतिसक्दो चाँडो निर्वाचन गर्न पनि संक्रमणकालीन सरकार समक्ष आग्रह गरेका छन् ।

मालीमा विद्रोहीलाई नियन्त्रणमा ल्याउन हजारौं फ्रान्सेली सैनिक तैनाथ छन् । सन् २०१३ मा फ्रान्सले गरेको सैनिक कारबाहीबाट इस्लामिक अतिवादी विद्रोहीलाई सत्ताच्यूत भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको