
लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।
यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न ‘यो तिहारमा’ गीत विशेष बन्ने गायक काफ्लेले बताए । ‘यो वर्ष कोरोना भाइरसका कारण हामी बाहिर निस्किने अवस्था रहेन त्यसैले आफ्नो परिवारका सदस्यहरूमात्र घरमै रमाइलो गर्न यस्तै गीतसंगीतको सहायता लिनुपर्ने अवस्था छ ।
