Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

नेकपा भित्र सिद्धान्तको लडाइँ चलेको छैन:डा. डीआर उपाध्याय

admin

सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको बिवाद भनेको स्वार्थको बिवाद हो । आ-आफनो स्वार्थ पुरा हुँदा बित्तिकै हाम्रा कमरेडहरू मिलिहाल्नु हुन्छ । यो बिवादमा सत्ता स्वार्थको राजनीति छ । अहिले जनताको आखाँमा छारो हाल्ने काम भएको छ । अहिले एकले अर्कोलाई दोष देखाएर स्वार्थको लडाइँ चलिरहेको छ । यो लडाइँ कति लामो समयसम्म चल्ने हो यसै भन्न त सकिदैन । कमरेडहरू, तपाईहरूको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस् । गत आम निर्वाचनमा जनताले ठूलो बिश्वास गरेर तपाईहरूलाई बहुमत दिए । त्यो कुरा अहिले आएर बिर्सनु हुन्छ भने भन्नु केही छैन । तपाईहरूको दुई पार्टी मिलेको देखेर जनताले बहुमत दिएका हुन ।

दुई पार्टी बेग्ला बेग्लै चुनाव लडनु भएको भए जनताको यो बिश्वास पक्कै पाउनु हुने थिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको यो स्वार्थको लडाइँले कसैलाई फाईदा गर्दैन । तपाईहरू मिलेर नै अघि बढनुस् । त्यसमा नै सवैलाई फाईदा छ । तपाईंहरूका कारण पार्टी नै अनिर्णयको बन्दी बन्न पुगेको छ । देशका सामु यति ठूला समस्या आएका छन्, ति समस्या समाधान गर्न तपाईहरूको जरुरी छ ।

अहिले तपाईंहरुको पार्टीमा सिद्धान्तको लडाइँ चलेको छैन, सत्ता स्वार्थको लडाई हो । यो कुरा आम जनताले बुझेर बसेका छन् । दुई अध्यक्षको लडाइँले पार्टी बिभाजनको संघारमा पुगेको छ । यसले सवैलाई चिन्तित बनाएको छ । शीर्ष नेताबीच एकले अर्काको अस्तित्व स्वीकार गर्न तयार हुनुपर्छ । त्यसो भयो भने मात्र पाटी बलियो हुन्छ । नेकपाभित्र अहिले आन्तरिक विवादले उग्र रुप लिन पुगेको छ । यो नै चिन्ताको बिषय हो । लामो समयदेखि पार्टीभित्र सामूहिक निर्णय हुन सकेको छैन ।

जसले गर्दा समस्या आएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्षको हठका कारण यति बेला कार्यकर्तामा निरासा छाएको छ । पार्टी भित्रको बिवादका कारण मुलुकलाई अनिर्णयको बन्दी बनाउने अधिकार कुनै नेतालाई छैन । पूर्व एमाले र पूर्व माओवादी केन्द्र देश र जनताकै लागि एकीकृत भएका हुन् भने फुटनु हुँदैन । यो आम जनताको चाहाना हो । यसतर्फ प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड गम्भिर हुनैपर्छ । तर, पार्टी दुई ध्रुवमा बाडिएको छ । अहिले तल्लो तहमासमेत कार्यकर्ताहरू अन्यौलमा छन् । अहिले नेताहरू एकले अर्कालाई हिलो छ्याप्ने काममा व्यस्त छन । यो सुखद पक्ष होईन ।

अहिलेको आवश्यकता भनेको सत्तारूढ दल एक भएर अगाडि बढ्नुपर्ने बेला हो । यदी पार्टी बिभाजन भयो भने मुलुकमा गम्भिर सङ्कट आउने खतरा छ । अहिले सम्मका उपलव्धिहरू नै धरापमा पर्ने खतरा छ । मुलुकको सबैभन्दा ठूलो दल नेकपा भित्रको बिवादले मुलुक फेरि अस्थिर राजनीतितर्फ अघि बढ्ने त होइन भन्ने चिन्ता छ ।

त्यसकारण नेकपाका शीर्ष नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर फुटको संघारमा रहेको पार्टीलाई एक बनाएर अगाडि बढनु पर्ने जरुरी छ । त्यसो भयो भने देश र जनताको हित हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको