Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

कतारमा लामो समय सेवारत नेपाली पुरस्कृत

admin

कतारमा लामो समय देखी सेवारत रहदै आएका नेपाली पुरस्कृत भएका छन् । नासर अल अली एन्टरप्राइजेजले सोमबार आफ्ना तीन नेपाली कर्मचारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा चन्द्र बहादुर राई, दिप बहादुर पुरी ,र रोज मोहम्मद छन् । कम्पनीले १० वर्ष लामो सेवाका लागि प्रत्येकलाई कतारी रियल १५००० (पन्ध्र हजार) प्रदान गरी सम्मानित गरेको छ । नासर अली अल अली, कम्पनिका मालिकले एक कार्यक्रमका बीच ती कर्मचारीहरुलाई इनाम हस्तान्तरण गरे । कम्पनीमा आफ्नो समर्पणको साथ लामो समयको उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मालिक नासर अली अल अली भन्छन्, “मलाई गर्व लाग्छ कि १० बर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍याए, टोकनको रूपमा प्रत्येक कर्मचारीलाई कतारी रियल १५००० प्रदान गर्दछु। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिबद्धतालाई जारी राख्नेछन्। “

पुरस्कृत तीनै जना नेपालको २०१० मा नासर अल अली एन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए । अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन् । पुरस्कृत भए पछि उनीहरु तीनै जना खुशी देखिएका छन् ।

चन्द्र बहादुर राई आफ्नो पुरस्कार पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि प्रयोग गर्न चाहन्छन। अर्को कर्मचारी रोज मोहम्मदले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा लिएको बताएका छन्। सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए। उक्त कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा बसिरहु जस्तो लागेर आफु १० वर्षसम्म रहँदा पनि हिजो आएको जस्तै लाग्ने गरेको बताए । “म यहाँ काम गर्न पाउँदा खुसी छु,” दिप बहादुर पुरीले भनेका छन् ।

अन्य १० जना कामदारहरुले पाए सुनको सिक्का

नासर अल अली इन्टरप्राइसेसमा कार्यरत अन्य १० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले प्रति व्यक्ति ५ ग्रामको सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का प्रदान गरेका हुन् ।
समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी प्रमुख नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको