Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

समीर थापा आईप्यानको अध्यक्षमा सर्वसम्मत चयन

admin

काठमाण्डौ । इन्टरनेशनल एजुकेसन प्रोभाइडर्स एसोसियसन नेपाल (आइप्यान) को चौथो साधारण सभाले आगामी २ बर्षे का लागि समिर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ईस्लिङ्गटन कलेजमा सम्पन्न अधिबेशनवाट आइप्यानको उपाध्यक्षमा नरोत्तम अर्याल, दृतिय उपाध्यक्षमा अनिल केडिया , महासचिवमा योगराज कँडेल सचिवमा बिज्ञान श्रेष्ठ र कोषाध्यक्षमा रितल राणा निर्विरोध निर्वाचित हुनु भएको हो । त्यसैगरी कार्यसमिती सदस्यहरुमा भेषराज पोखरेल, डाक्टर बिनोदबहादुर खत्री ,प्रणय सिंह , सैलजा अधिकारी , भेषराज पोख्रेल निर्वाचित भएका छन ।

हाल शिक्षा मन्त्रालयबाट स्विकृत प्राप्त तथा त्रिभुवन बिश्व बिद्यालयबाट स्विकृत पाएका ४४ वटा शिक्षण संस्थाहरुले अन्तराष्ट्रिय डिग्री सञ्चालन गरिरहेका छन । बेलायत, अमेरिका, मलेसिया, अष्ट्रीया, स्विजरल्यान्ड, भारत, थाइल्यान्ड लगाएतका देशका बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गरी त्यही देशका डिग्रीहरु नेपालमा पढाइ भैरहेका छन । हाल व्यबस्थापन तथा आइटी बिषयमा करीब १५ हजार बिद्यार्थीहरुले नेपालमै बसेर अन्तराष्ट्रिय डिग्री लिइरहेका छन ।

एक तथ्यांकअनुसार करीब ७० हजार भन्दा बढी बिद्यार्थीहरु प्रत्यक बर्ष नेपालबाट बाहिर गैरहेको परिप्रेक्ष्यमा नेपालमै स्तरीय अन्तराष्ट्रिय डिग्री प्रदान गरी स्वदेशमै गुणस्तरीय शिक्षाको अवसर मात्र दिइएको छैन, अरबौँ रकम बाहिर जानबाट समेत रोकिएको छ ।

यो क्षेत्रलाई अझ बढी गुणस्तरीय, बिश्वसनीय र देशको शैक्षिक बिकासमा उल्लेखनिय टेवा दिने उदेश्यले आइप्यानलाई शसक्त बनाउने निर्णयसंगै नयाँ नेतृत्व लागिपरेको छ । आइप्यान नेपालमा बिदेशी डिग्री अध्यापन गराउने शिक्षण संस्थाहरुको छाता संस्था हो ।

निर्वाचित भएलगत्तै अधिबेशनको समापन सत्रमा बोल्दै अध्यक्ष समिर थापाले बिदेशको डिग्री नेपालमै गुणस्तरीय ढंगले प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष थापाले आइप्यान शिक्षा मन्त्रालयसँगको सहकार्यमा स्वदेशमा गुणस्तरीय शिक्षा प्रदान गर्न सधै तत्पर भएर लागिपर्ने प्रतिबद्दता जनाउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको