Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

फेशन कोरियोग्राफिमा अलग्गै पहिचान बनाएका केडि

admin

मोडलिङ तथा फेशन क्षेत्रलाई एउटा नकारात्मक सोच ले हेरिरहेका मानिसहरुको लागि एउटा उदाहरण बन्न सफल वक्क्ती हुन के डि भट्टराई। एउटा छोरा मान्छे यो क्षेत्रमा लाग्दा पैसा को नास अनि छोरी मान्छे यो क्षेत्रमा प्रवेश गर्दा इज्जत को नास हुन्छ भन्ने नेपाली मानिसहरुको सोच छ। यहि सोचलाई गलत साबित गर्दै अनि यस्ता विभिन्न बाधा अर्चनलाई लत्याउदै कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.डि भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा  प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l येसरी आफ्नो जिवनको सुरुवात आफुले रुचाएको काम लाई निरन्तरता दिदै अगाडि बढेका उनि यस बर्ष भएको विभिन्न मोडल एण्ड फेसन अवार्ड मा बेस्ट कोरियोगाफरमा मनोनयन सम्म भएका थिए ।

इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममा ब्याचलर समेत गर्दै गरेका के. डि भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन l यस क्षेत्रमा उनी निकै संघर्ष गर्दै आएका छन। आयोजक हरुको भनाई छ उनले हरेक नयाँ  दिन नयाँ चुनौती लिदै आएका छन। हरेक कार्यक्रममा केही नयाँ ढाचा लिएर अगाडि बडिरहेका उनलाई म्युजिक भिडियो र चलचित्रमा पनि काम गर्ने अवसर मिलदै आएको पाइन्छ। उनी भने अझ केही नयाँ कुरा हरु सिकेर अगाडि बढनु छ भनेर काम गरिरहेको छन ।

दुई दर्जन भन्दा बेसी राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शोहरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर के.डि भट्टराईले नेपाल्स चबि मोडल सिजन १ को एसिस्टेन्ट कोरियोग्राफी बाट क्यारियर सुरु गरेर नेक्स्ट सुपर टप्स मोडल, अल स्टार नेपाल नेक्स्ट सुपर टप मोडल, नेक्स्ट सुपर टप्स मोडल सिजन-२,नेपाल राइजिङ मोडल, पुर्वाञ्चल राइजिङ मोडल नेपाल,पुर्वाञ्चल बेस्ट मोडल,एस इ इ सुपरस्टार,नेक्स्ट सुपर टप्स मोडल सिजन-३, फेस अफ नेसन -२, काठमाडौ फेसन मोडल,होलि फेसन फिस्ट लगायत अन्य कार्यक्रमा फेशन तथा ग्रुमीङ कोरियोग्राफी गरिसकेका छन् l अहिले उनि फेशन कोरियोग्राफीमा ब्यस्त रहेका छन् l

चलचित्र तथा पत्रकारिता बिषयमा अध्यन गरिरहेका के.डि भट्टराई भविष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमा लाग्ने बताउछन त्यसै अनुरुप अहिले उनि मेहनत समेत गर्दैछन l


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको