Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

मङ्सिर २ गतेदेखि काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा निःशुल्क भोजन नगराइने

admin

खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ।

खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताए।

प्रमुख शाक्यले बन्दाबन्दीका समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गराए।

“दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौँ। यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ”, प्रमुख शाक्यले भने।

उक्त छलफलमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियशन एशोसिएशन, लायन्स क्लब अफ काठमाडौँ, न्यु ग्रीन सिटी, सेफ्स एशोसिएशन अफ नेपाल, हाम्रो सानो प्रयासलगायत सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको