Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा , डेढ अर्ब रुपैयाँ फिर्ता आउने

admin

चिनियाँ बैंक, ठेकेदार कम्पनी र चीनियाँ अदालतको लामो चक्करपछि नेपालका हिमालयन बैंक र बैंक अफ काठमान्डुले मुद्दा जितेका छन् । मुद्दा जितेसँगै उनीहरुको डेढ अर्व रुपैयाँ बराबरको रकम फिर्ता आउने भएको छ।

८ बर्षअघि मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा दुवै बैंकले जितेपछि उनीहरुको रकम फिर्ता आउने भएको हो। यद्यपी विपक्षीहरु पुनरावेदनका लागि उच्च अदालतमा जाने सम्मावना भने अझै रहेको छ।

विहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्द जितेका हुन्। दुवै बैंकले शुक्रबार नै रकम फिर्ताको लागि दावी सहितको पत्र पठाउने बताएका छन्।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आफूले शुक्रबार मुद्दा जितेको खवर पाएको जानकारी दिदै दुवै बैंकले सल्लाह गरी रकम फिर्ताको लागि तत्काल पहल थाल्ने जानकारी दिए।

मुद्दा जितेसँगै दुवै बैंकले मेलम्ची जमानतको रकम भुक्तानी पाउनेछन्। मेलम्ची आयोजनाको जमानत रकम फिर्ता आएमा बैंक अफ काठमाण्डूको ९४ करोड ९८ लाख रुपैयाँ बराबर र हिमालयन बैंकको ६६ करोड रुपैयाँ फिर्ता आउने छ। त्यस्तै बैंकले हर्जना रकम पनि फिर्ता पाउने छन् तर कति रकम फिर्ता आउने छ भन्ने विषयमा भने अझै स्पष्ट जानकारी नआएको बैंकले जनाएको छ।

यदी उनीहरुले जितेको रकम फिर्ता आएमा उनीहरुको नाफामा बृद्धि भई लगानीकर्ताहरुले थप लाभांस पाउने छन् ।

बैंक अफ काठमाडौं र हिमालय बैंकले ८ बर्ष अघि चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) का तर्फबाट मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापत डेढ अर्ब रुपैयाँ दिएका थिए।

तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रुपमा सीसीबी रहेको थियो। सीसीबीको काउन्टर ग्यारेन्टीको रुपमा नेपालका बैंकहरु बैंक अफ काठमाडौं र हिमालयन बैंक रहेको थियो।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीको सीएमसीसँगको बैंक जमानतको मुद्दा पनि जितेको थियो। सो बैंकले करिव साढे दुई अर्ब १० करोड रुपैयाँ बराबरको रकम जितेको थियो। तनहुँ हाइड्रो पावरको ठेक्का सम्झौतामा इटलीको सीएमसी कम्पनीको लागि नेपाल इन्भेष्टमेन्ट जमानत बसेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको