Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

admin

काठमाडौं, २४ कार्तिक- संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खडका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ एवम् पदाधिकारी बीच भेटवार्ता भएको छ । छलफलमा राजदूत खडकाले बिश्व आर्थिक परिदृष्यमा जर्मनी बिश्वको चौथो आर्थिक शक्ति तथा नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा जर्मनीको योगदान महत्वपूर्ण हुने धारणा राखे । राजदुत खडकाले नेपाल र जर्मनी बीच सन् १९५८ मा कुटनीतिक सम्वन्ध कायम भए पश्चात नेपालको विकास प्रयासमा जर्मनीको उल्लेखनीय योगदान रहेकोे उल्लेख गर्दै आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताए । नेपाली तथा जर्मन निजी क्षेत्र बीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल बनाउनेतर्फ पहल गरिने पनि उनले औल्याए ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुक्त राजदूत खडकाको कार्यकालको सफलताको कामना गर्दै चेम्बरले आफ्नो सात दशकको लामो इतिहासमा निजी क्षेत्रको सशक्तिकरण कार्यमा पैरवी गरि रहेको स्पस्ट पारे । सो अवसरमा अध्यक्ष श्रेष्ठले जर्मनी, नेपालको ठूलो व्यापारिक साझेदार रहेको बताउदै नेपालबाट निकासी हुने उनी गलैचाको सबै भन्दा धेरै परिमाण जर्मनीमा हुने गरेको स्मरण गरे । जर्मनीको बजार नेपाली उत्पादनको लागि अतिनै महत्वपूर्ण भएकोले द्धिपक्षीय व्यवसायीक सम्वन्धलाइ अझै सुदृढ गर्नुपर्ने खांचो पनि उनले औल्याए । व्यापार सम्वन्धमा भएको वृद्धिले कुटनीतिक सम्वन्धमा नयाँ आयाम दिने भएकोले नेपालबाट जर्मनीमा निर्यात हुने मूख्य वस्तुहरुमा ऊनी गलैचा, पश्मिना, चिया, तयारी पोशाक कफी एवम् अदुवाको संभाव्यता बढी भएकोले यसको निर्यात बढाउने तर्फ नवनियुक्त राजदूतको ध्यानाकर्षण गरे । नेपाल जर्मनी बीच सीधा हवाइ सम्पर्क हुन सकेमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने पनि उनले कुरा राखे ।

दुबै देश बीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी लगानी तथा पर्यटन प्रवद्र्धन, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, दुवै मुलुकमा आयोजना हुने अन्तर्राष्ट्र्रिय स्तरको मेलामा दुवै पक्षको सहभागिताको लागि पहल हुनुपर्नेमा उनले जोड दिए । यसका साथै दुई मुलुक बीच बि टु वी सम्वन्ध बिस्तारको लागि नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तत्पर रहेको बताउनु उनले बताए । सो अवसरमा सम्मानित चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल तथा दीपक कुमार मलहोत्रा समेतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको