Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल किन्ने निर्णय

admin

सरकारले बंगलादेशबाट रासायनिक मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैगलादेशबाट जीटूजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

सरकारले यसअघि धानका लागि भन्दै बंगलादेशबाट पैँचोमा मल ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग सो विषयमा कुरा पनि गरेका थिए। बंगलादेश पनि त्यतिबेला तयार भएको थियो। तर, हालसम्म पनि पैंचोको मल भने आउन सकेन। पैँचोको मल दिन बंगलादेशले आनाकानी गरेपछि खरिद गर्ने निर्णय गरिएको हो।

यो सिजन किसानले धानका लागि मल पाउन नसक्दा यो वर्ष धानको उत्पादन नै घट्ने प्रक्षेपण गरिएको छ। उता अब गहुँका लागि पनि मल आवश्यक पर्नेबेला भइसक्दा पनि मलको अभाव हुने देखिएपछि सरकारले जीटूजी प्रक्रियामार्फत मल किन्ने निर्णय गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको