Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

देउसी भैलोमा सहभागी नहुन गृह मन्त्रालयको अपील

admin

गृहमन्त्रालयले देउसी भैलो तथा भीडभाड हुने कार्यक्रममा सहभागी नहुन अपील गरेको छ। स्वास्थ्य प्रोटोकल तथा सुरक्षा मापदण्ड अपनाएर तिहार र छठ पर्व मनाउन आग्रह गर्दै देउसी भैलो तथा भीडभाड हुने कार्यक्रममा सहभागी नहुन र बालबालिकालाई नपठाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको बढ्दो अवस्थाका कारण जो जहाँ छौं त्यही बसेर चाड मनाउन र अत्यावश्यक बाहेक काम नपरी बाहिर ननिस्कन आग्रह गरेका छन्।

‘तिहारको निहुँमा जुवातासजन्य कुनै पनि गैरकानूनी तथा अवाञ्छित गतिविधि नगर्न, स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भुईंचम्पा, पटका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको उत्पादन विक्री, वितरण र प्रयोग नगर्नसमेत अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको