Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

देउसी भैलोमा सहभागी नहुन गृह मन्त्रालयको अपील

admin

गृहमन्त्रालयले देउसी भैलो तथा भीडभाड हुने कार्यक्रममा सहभागी नहुन अपील गरेको छ। स्वास्थ्य प्रोटोकल तथा सुरक्षा मापदण्ड अपनाएर तिहार र छठ पर्व मनाउन आग्रह गर्दै देउसी भैलो तथा भीडभाड हुने कार्यक्रममा सहभागी नहुन र बालबालिकालाई नपठाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको बढ्दो अवस्थाका कारण जो जहाँ छौं त्यही बसेर चाड मनाउन र अत्यावश्यक बाहेक काम नपरी बाहिर ननिस्कन आग्रह गरेका छन्।

‘तिहारको निहुँमा जुवातासजन्य कुनै पनि गैरकानूनी तथा अवाञ्छित गतिविधि नगर्न, स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भुईंचम्पा, पटका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको उत्पादन विक्री, वितरण र प्रयोग नगर्नसमेत अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको