Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

यि नर्स जसले यौनका लागि ब्ल्याकमेल गर्ने डाक्टरलाई काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्

admin

आफूलाई यौनका लागि ब्ल्याकमेल गर्ने आफ्ना सिनियर डाक्टरलाई एक नर्सले काटेर पकाइन् । त्यसपछि उनले पाकेको मासुलाई ट्वाइलेटमा हालेर फ्लश गरिदिइन् । घटना चीनको हो । द सनमा प्रकाशित रिपोर्टअनुसार ली फेनपिङ नामकी ती नर्सलाई डाक्टरले लगातार ब्ल्याकमेल गरेपछि रिसमा उनले यस्तो गरेकी थिइन् ।

ली फेनपिङलाई यो अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियाका अनुसार २५ वर्षकी ली आकस्मिक विभागमा खटिएकी थिइन् । उनको सोही अस्पतालको अर्थोपेडिक्स विभागका उपप्रमुख डा. लू युआनजेनसँग यौन सम्बन्ध थियो । नर्स लीलाई जुवा खेल्ने लत लागेको थियो र उनले जुवामा थुप्रै पैसा हारेकी थिइन् । उनले जुवा खेल्नको लागि आफ्ना सहकर्मी डाक्टर युआनजेनसँग पैसा सापटी लिएकी थिइन् ।

लीले ती डाक्टरसँग यौन सम्बन्ध राखेर आफूले लिएको पैसा किस्तामा तिरिरहेकी थिइन् । पैसा तिर्नको लागि उनले डाक्टरसँग हप्तामा ३ पटकसम्म यौन सम्बनध राख्नुपरेको थियो । उनले तिर्नुपर्ने पैसा धेरै भएकोले डाक्टरले उनलाई यौन सम्बन्धको लागि ब्ल्याकमेल गर्न थालेका थिए । डाक्टरले लगातार यौन सम्बन्धका लागि दबाब दिइरहने र ब्ल्याकमेल गर्न थालेपछि फेनपिंग निकै तनावमा परेकी थिइन् ।

डाक्टरको मागबाट दिक्क भएकी फेनपिंगले डाक्टरलाई आफ्नो घरमा बोलाएर मारिदिइन् र उनको शरीरका केही अंगहरु काटेर पकाइन् । पुलिसका अनुसार उनले डाक्टरको शरीरका पकाएको भाग ट्वाइलेटमा फ्लश गरिदिएकी थिइन् । पुलिसले उनको भाडाको घरबाट डाक्टरको शरीरको बाँकी क्षतिग्रस्त भाग बरामद गरेको थियो ।

फेनपिंग दक्षिण पूर्वी चीनको युलिन शहरमा रहेको युलिन पिपुल अस्पतालमा कार्यरत थिइन् र उनी अस्पतालको पछाडिपट्टि भाडाको घरमा बस्थिन् । स्थानीय मिडिया रिपोर्टका अनुसार फेनपिंगलाई यो नृशंस अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । यसका अलावा उनीमाथि १ लाख युआन (१८ लाख नेपाली रुपैयाँ) जरिवाना पनि लगाइएको छ । गएको मार्चमा भएको अपराधको सजाय अहिले सुनाइएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको